Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानको लाहोरमा खानेपानीको संकट

बुधबार, मंसिर ७, २०७९

लाहोर – पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ।

भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ।

विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले बताइरहेका छन्। सन् १९८० वासाको रेकर्ड अनुसार लाहोरमा पानीको स्तर १५ मिटर तल थियो। सन् १९९० यो स्तर बढेर २३।२२६ मिटर पुग्यो। अहिले ५० मिटरभन्दा तलको स्तरमा छ।

पञ्जाब सरकारले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘हामी ९पाकिस्तान० मा अझै पनि पानी सम्बन्धी परियोजनाहरूमा सहमति निर्माण गर्न र अदालतमा जवाफ दिन व्यस्त छौं, तर सीमापार पक्ष ९भारत०ले वास्तविक प्रगति गरिरहेको छ।’

रिपोर्टलेजल रिचार्जमा ठूलो योगदान गर्ने नदी लाहोरको लागि ‘अस्तित्वको संकट’ मा परेको भन्दै चेतावनी दिइएको छ। लाहोरमा गर्मी मौसमको समयमा पानीको हाहाकार हुने गरेको छ। सरकारले यहाँ स्वच्छ पिउने पानीका लागि कुनै पनि नयाँ परियोजनाहरु सञ्‍चालन गर्न सकेको छैन।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५९
प्रतिक्रिया दिनुहोस्