पल शाहलाई हिरासतमा राख्न १२ दिनको म्याद थप
अभिनेता पल शाह बिरुद्धको उजुरीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न अदालतले १२ दिनको म्याद थप गरेको छ ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई अनुसन्धान नसकिएकाले प्रहरीले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो ।
गत आइतबार तनहुँ प्रहरी समक्ष आत्मसर्मण गरेका शाहलाई हिरासतमा राखि अनुसन्धान गर्न पहिलो पटक सात दिनको म्याद थप दिएको अदालतले दोस्रो पटक १२ दिनको म्याद थप गरेको हो । अनुसन्धानको नसकिएको भन्दै प्रहरीले १२ दिनको म्याद थप गर्न आदालतमा आग्रह गरे अनुसार म्याद थपिएको हो ।
फागुन ११ गते बुधबार शाह बिरुद्ध जाहेरी परेपछि फरार रहेका उनले ५ दिनपछि आत्मसर्मपण गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२४
प्रतिक्रिया दिनुहोस्