विवाह बन्धनमा बाधिँदै सौगात र सृष्टि
काठमाडौं - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेमसम्बन्ध लामोसमयदेखि चर्चामा छ । उनीहरुले हरेक अन्तवार्तामा आफूहरुको प्रेमसम्बन्धबारे खुलेर भन्ने पनि गरेका छन् ।
तर अब भने उनीहरुले विवाह गर्न लागेको चर्चा पनि चलको छ । आफ्नो विवाह बारे पूर्वमिस नेपाल समेत रहेकी श्रेष्ठले हालै खुलाएकी छिन् । उनले आउँदो बर्ष विवाह गर्ने योजना रहेको बताएकी छिन् ।
उनले सैगातसँगको प्रेमसम्बन्धलाई घरकै सहमतीमा विवाहमा परिणत गर्न लागेको बताइएको छ । सौगात र सृष्टि केही फिल्ममा सँगै काम गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:४६
प्रतिक्रिया दिनुहोस्