लामोसमयपछि विवाह बन्धनमा बाधिँने तयारीमा ऋतिक, सबासँग छन् प्रेममा
काठमाडौँ । बलिउडका चर्चित अभिनेता हुन् ऋतिक रोशन । सानै उमेरदेखी फिल्ममा काम गर्दै आएका उनले हालसम्म धेरै फिल्म खेलेका छन् । प्रेम र विवाहको कुरा गर्दा उनले सुजैन खानसँग विवाह गरेका थिए ।
उनले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरका थिए । तर उनीहरुको सम्बन्ध १४ वर्ष भन्दा बढी टिक्न सकेन । २०१४ मा नै उनको सुजैनसँग सम्बन्धविच्छेद भयो ।
अहिले उनी एकल जिवन बिताइरहेका छन् । अब भने उनी अर्को विवाहको तयारीमा छन् । भारतिय मिडियाका अनुसार उनले अब साबा आजादसँग विवाह गर्ने तयारी गरेका छन् ।
पछिल्लो समय यी दुई सँगै देखिन्छन् । ऋतिक अहिले साबालाई लिएर एकदमै गम्भीर रहेको बताइएको छ । उनको अब सबासँग विवाह गर्ने योजना रहेको छ । ऋतिकले भने यसबारे केही कुरा खुलाएका छैनन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:५६
प्रतिक्रिया दिनुहोस्