रुसविरुद्ध युद्धमा खटिएका दुई युक्रेनी सेनाले पोसाकमै गरे विवाह, विवाह सकिएलगत्तै युद्धमा जुटे
काठमाडौं - रुस र युक्रेनबीच अहिले युद्ध चलिरहेको छ । रुसको आक्रमणबाट युक्रेनको राजधानी किएभ लगायत धेरै स्थानमा क्षति भइसकेको छ ।
रुसले बमबारी गरेपछि त्यहाँका जनता त्रासमा छन् । अहिले युक्रेनका सेनाहरु देशको सुरक्षामा खटिएका छन् । यसैबीच युक्रेनमा दुई सैनिकले विवाह गरेका छन् । रुसको सेना विरुद्ध लडिरहेका दुई युक्रेनी सेनाले विवाह गरेका हन् ।
उनीहरुले ठुलो क्षति भएको स्थान किएभ नजिकै विवाह गरेका हुन् । उनीहरुले विवाह गरेको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा धाइरल बनेको छ । भिडियोमा बम पड्केको आवाज पनि सुनिन्छ ।
युद्धको अवस्थामा पनि दुई सैनिकले विवाह गर्दा र उत्सव मनाउन पाउँदा केही खुशी मिलेको त्यहँ उपश्थितले बताउछन् । विवाहपछि नव दुलहादुलही फेरि रुस विरुद्धको युद्धमा लागेका छन् । तस्बिर - सामाजिक सञ्जाल
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:३१
प्रतिक्रिया दिनुहोस्