Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । सोमबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ १६ पैसा तोकिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८९  रुपैयाँ ६० पैसा र बिक्री दर ९० रुपैयाँ चार पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९५ पैसा छ ।

यस्तै साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९  पैसा र बिक्री दर ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६४ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्