Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेन युद्धको लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गर्दै रुस

बुधबार, मंसिर ७, २०७९

रुसले युक्रेनसँगको युद्धका लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गरिरहेको दाबी अमेरिकी अधिकारीले गरेका छन्। द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरमा अमेरिकी गुप्तचर अधिकारीले युक्रेनका प्रमुख सहर कब्जा गर्न रुसले सहरी क्षेत्रको युद्धमा अनुभवी सिरियाली ‘लडाकु’ लाई भर्ती गरिरहेको दाबी गरेका हुन्।

अहिलेसम्म कति सिरियाली लडाकु युक्रेन युद्धमा सामेल हुन भर्ती भए भन्नेबारे गुप्तचर अधिकारीले खुलाएका छैनन्। तर रुसले प्रमुख सहरहरु कब्जामा लिने प्रयासमा सडकमै भिडन्त हुन सक्ने भएकाले सहरी युद्धमा पोख्त सिरियाली लडाकूहरुलाई भर्ती गरिरहेको दाबी गरिएको छ।

अमेरिकी गुप्तचर अधिकारीका अनुसार केही सिरियाली लडाकु रुस पुगिसकेका छन् र उनीहरुलाई युक्रेन तैनाथ गर्ने तयारी भइरहेको छ।

सिरियाको सञ्चार संस्था डिएर एजरमा प्रकाशित भएको खबरमा रुसले सिरियालीहरुलाई २०० देखि ३०० डलर पारिश्रमिकमा भर्ती गरिरहेको हो। उनीहरुले ६ महिनासम्म गार्डका रुपमा काम गर्नुपर्ने उल्लेख छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३०
प्रतिक्रिया दिनुहोस्