फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, १ लाख ३ हजार पुग्यो
काठमाडौँ - सोमबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आइतबार तोलामा २ हजार रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ११ सय रुपैयाले बढेको हो ।
आइतबार एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले बढेर तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १६:४६
प्रतिक्रिया दिनुहोस्