नेभिगेशन
विज्ञान प्रविधि

भक्तपुरमा श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ

काठमाडौं - भक्तपुरमा श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान् पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरेका हुन् । 

गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्