Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआरएनमा आजको आवश्यकता सहमति, सहकार्य र एकता हो !

शुक्रबार, मंसिर ९, २०७९

सन २००३ वाट शुरू भएको एनआरएन अभियान आफ्नो इतिहास कै कठिन मोड, प्रश्रव वेदना र संकट पूर्ण घडी बाट गुज्री रहेको छ! 

हामी सवै एनआरएन हरु आज सम्म यस संस्थाको विकाश, श्रिवृद्धी र ख्याति को जति हिस्सेदार हौ त्यती नै यो परिस्थिति र कठिन घडी को पनी, हामी सवैले जिम्मेवार भएर संस्था को लागी अन्तिम पटक सोचौ, समाधान सम्भव छ !

सम्पूर्ण एनआरएन अभियान एक प्रश्रव र पिडादायी वेदनामा छ ! 

हो यो भन्दा मेरो मन भारी भएको छ तर विविश छु आज सम्पूर्ण एन आर एन अभियान एक प्रश्रव र पिडादायी वेदनामा छ !

अव अवेर नगरी हामी सवै मिलेर यसको निकास का लागी नि:स्वार्थ जुटनु को विकल्प छैन !
 
यसरी संस्था आज यस किसिमको समस्यामा पर्नुको प्रमुख कारण भनेको संस्था को निर्वाचन प्रक्रिया, नेतृत्व छनौट विधि र तरिका हो - यो आवश्यकता भन्दा वढी (तपाई हामी हरु नै जो जो संलग्न छौ) नेपाल स्थित राजनीतिक दल र अझ चरम स्वार्थ र व्यक्तिगत मानोमानी र टक्राव का पछाडी लागेउ, यो गलत भयो र यो दु: खद परिणाम आयो! 

अन्य कुरा हरु मा कही कतै समस्या छैन एन आर एन ले उत्कृष्ट काम हरु गरेको छ, गर्ने नै छौ!

निकास के त? 

अव सवैले संस्था लाई प्रधान ठानेर, विधि विधान लाई मानेर मात्र निर्वाचन प्रक्रिया र नेतृत्व चयन लाई विश्वव्यापी र अंतरष्ट्रिय मान्यता अनुसार हुनेगरी कायम गरौ र मन, वचन र कर्मले पालना गरौ, जस्तो कि यो अव एन आर एन को  “निर्वाचन विधि र पद्धति अन्तरस्ट्रिय परोपकारी र सामाजिक संस्था रोटरी क्लब र लायन्स क्लब को जस्तो हुने गरी अभ्यास गरौ !

संसारभर रहेका गैर आवासीय नेपाली संघ हरू भिजन २०२० एण्ड वियोंड र यसको थप विकास र परिमार्जन सहित अगाडी बढनु पर्दछ । 

- उक्त भिजनले संसार भर छरिएर रहेका नेपाली हरू को एक साझा घर को परिकल्पना गरेको छ ।( United Nation’s Of Nepali Diaspora)

अव सम्पूर्ण रूपमा संस्थाको सुधार विकास र परिमार्जनका लागी फेरी एक पटक नि: स्वार्थ जुरुक्क उठौ!

एनआरएनए विश्व संजालले अपनाएका मूल्य, मान्यता उधेश्य, मिसन, भिजन र एजेण्डा हरु भित्र नै हामी सवै सवै एन आर एन हरुको जीवन छ, भावना छ, नेपाल वाहिर को सानो नेपाल छ भन्ने मेरो बुझाई छ, यि र यस्तै भावना हरु को जीवन्त कार्यन्योयन गराउनका लागी हामी सवै जुटनु को विकल्प छैन..! 

एनआरएनले तत्काल अझ  व्यवस्थित गर्नु पर्ने काम हरु :- 

1. विश्वशनिय, पारदर्शी र स्वतन्त्र सचिवालय को निर्माण !
(Trusted, Transparent & Independent - NRNA Secretariat)

2. भिजन 2020 and Beyond को विकाश, पालना र कार्यान्वयन !
( Vision 2020 and Beyond - Development, Action & Implementation )

  3. एन आर एन लाई साझा, सवैको, सरल, सहभागितामूलक र समावेशी वनाउन - विधान लाई सरल र स्पष्ट पर्ने! 
(Constitution Amendment and Easy for all)

4. उदाहरणिय संस्थागत वैदेशिक लगानी गर्ने गराउने !
( Foreign Direct Investment - Exemplary Initiation and implementation )
5. ज्ञान, शिप र बौद्धिक सम्पति को लगानी र सहकार्य गर्ने !
(Skill, Knowledge, Innovation & Intellectual Asset Relate, Transfer and Investment for the Development of Nepal)

6. गैर आवासीय नेपाली का युवा, दोश्रो तथा नया पुस्ता लाई जोडने सेतु वनी काम गर्ने - एक पटक को नेपाली सधैको नेपाली ! 
( NRNA - A Real Pool & Bridge for youth, second and new generation Nepali in abroad)

7.श्रमिक एन आर एन ए विमा कोष को स्थापना र कार्यान्वयन - नेपाल सरकार संग को सहकार्यमा !
( NRNA Insurance Fund for NRN’s around Golf & Middle East Countries - In Conjunction with Government of Nepal)

8.गुर्खा नेपाली हरुको आसमान सेवा सुविधा र पिडा का बारे सशक्त आवाज !
(Lobbying for unjustified and inappropriate agreements of Nepali Gurkha’s in a policy level)

अन्तमा, सवैमा सादर अनुरोध,

एन आर एन ए अभियान र यस संस्थाको अव सम्पूर्ण रूपमा सुधार विकास र परिमार्जनका लागी फेरी एक पटक हामि सवै सवै सरोकारवाला छातीमा हात राखी नि: स्वार्थ रूपमा जुरुक्क उठौ!

यहाहरु सवै सवै लाई जिवनभर सुखले खान पुगोस .. खुसीले दिन पुगोस .. जय एन आर एन .. जय नेपाल !

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार