Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय नागरिकको उद्धार कार्य जारी

बिहीबार, मंसिर ८, २०७९

भारतले युक्रेनमा फसेका आफ्ना नागरिकको उद्धार कार्यलाई जारी राखेको छ । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले शुरु गरेको अपरेशन गङ्गा अन्तर्गत भारतीय वायुसेनाका पहिलो ४ विमानले ७९८ भारतीयको उद्धार गरेको हो ।

भारतीय वायुसेनाले रोमानिया, हंगेरी र पोल्यान्डको आकाश प्रयोग गरी उनीहरूको उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्विटरमार्फत् जानकारी दिँदै भारतीय वायुसेनाले ९.७ टनको राहत सामग्री समेत उपलब्ध गराएको जनाएको छ । ‘रोमानिया, हंगेरी र पोल्यान्डका हवाई मैदानको प्रयोग गरी आइएएफका पहिला चार सी–१७ विमानले ७९८ भारतीय नागरिकको उद्धार गरेका छन् । तिनीहरूले ९.७ टनको राहत सामग्री पनि आपूर्ति गरेका छन् ।’ भारतीय वायुसेनाको ट्वीटमा उल्लेख छ ।

भारतका रक्षा राज्यमन्त्री अजय भटले स्वदेश फर्केका नागरिकहरुको स्वागत गरेको र उनीहरूसँग कुराकानी गरेको भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०१
प्रतिक्रिया दिनुहोस्