Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनमा युद्ध मैदानमै दुई सैनिकले गरे विवाह

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । 

दिनहुँ रुसको बमबारीले युक्रेनको राजधानी किएभ भताभुङ्ग भएको छ । युक्रेनी सेना रुसको सेनाविरुद्ध लडिरहेका छन् । तर, यहीबीचमा किएभ नजिकैको क्षेत्रमा क्षेत्रीय रक्षा बलका दुई सैनिकले विवाह गरेका हुन् ।

बम पड्केको आवाजकाबीच विवाह सम्पन्न भएको छ । सामान्यतया अरु बेला हुने विवाह उत्सवभन्दा विल्कुलै फरक अवस्था र परिस्थितिमा विवाह सम्पन्न भएको छ । युद्धका कारण गर या मरको अवस्थामा उनीहरुले विवाहको निणर्य लिनुलाई आश्चर्य समेत मानिएको छ । 

लिसया फिलिमोनोभा र भलेरी फिलिमोनोभ वलेरीले सानो जमघटमा विवाह गरेका हुन् । यो विवाह उत्सवले उनीहरु र उनीहरुको साथीलाई केहीबेर भए पनि खुशी मिलेको खबरमा भनिएको छ ।

उनीहरुका साथीले अप्ठ्यारोकाबीच पनि बजागाजा बजाएर रौनक बढाएका थिए । सेनाका विवाह गर्ने जोडी नै रुसविरुद्ध युद्धमा छन् । उनीहरुले युनिफर्म लगाएर नै विवाह गरे । 

विवाहपछि नव दुलहा र दुलही फेरि पनि रुसविरुद्धको युद्धमा जुटेका छन् । ११ दिनसम्मको युद्धले त्रासमा रहेका त्यहाँका नागरिकलाई विवाहको यो खबरले केही खुशी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०१
प्रतिक्रिया दिनुहोस्