Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेयर कारोबार तोकिएको समयभित्र सेटलमेन्ट नभए ब्रोकरलाई कारबाही 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं – धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हमालले सेयर कारोबार तोकिएको समयभित्र सेटलमेन्ट नभए तत्काल कारवाही गर्ने चेतावनी दिएका हुन् । 

 उहाले अव साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने भन्दै लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्न नहुने पनि स्पष्ट पारे । 

हमालले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै नेपालमा पनि यसलाई प्रभावकारी कार्यान्वयन गर्ने बताए । हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने जानकारी दिए । 

पत्रकार सम्मेलनमा उहाले आफ्नो लामो अनुभवका आधारमा  धितोपत्र बजारको विकास र विस्तारमा आफ्नो कार्यकाल सफल बनाउने आश्वासन दिए । आफु बोर्डमा सेटिङ्गमा आएको भन्ने व्यक्तिहरुको पछाडि आफु नलाग्ने उहाले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्