युक्रेनले भन्यो – रुसले प्रस्ताव गरेका मानवीय करिडोर ‘अस्वीकार्य’
एजेन्सी – युक्रेनले रुसले प्रस्ताव गरेका ६ ओटा मानवीय करिडोर स्वीकार गर्न नसकिने बताएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले रुसी प्रस्ताव ‘अस्वीकार्य’ भएको बताएकी हुन् ।
रुसी प्रस्तावमा उल्लेखित चार सहरमध्ये मारिउपोल र सुमीका उद्धार मार्गबाट मात्र युक्रेनका अन्य भागमा पुर्याउने र बाँकी सबै मार्गले सिधै रुस वा उसको प्रमुख सहयोगी बेलारुसमा पुयाउने बीबीसीले जनाएको छ ।
“यो मानवीय करिडोर खोल्ने अस्वीकार्य तरिका हो,” भेरेश्चुकले भनिन्, “हाम्रो जनता रुसी संघमा उड्न कीभबाट बेलारुस जाने छैनन् ।”
आइतबार राति रुसले सोमबार बिहानदेखि लागू हुने गरी अल्पकालीन युद्ध विरामको प्रस्ताव युक्रेनलाई पठाएको थियो । जवाफमा युक्रेनले विशेष गरी मानवीय करिडोर खोल्ने विषयमा आफ्ना सर्तहरू प्रस्तुत गरेको थियो ।
उपप्रधानमन्त्री भेरेश्चुकले अमेरिका, बेलायत र फ्रान्सलाई करिडोर स्थापना गर्न सहयोग गर्न आह्वान गरेकी छन् ।
यसैबीच, युक्रेनी राष्ट्रपतिका एक जना प्रवक्ताले रुसी प्रस्तावलाई ‘पूर्ण रूपमा अनैतिक’ भन्दै युक्रेनी नागरिकलाई युक्रेनी भूभागबाट घर छोड्न पाउने अधिकार रहेको बताएका थिए ।
बीबीसीबाट ।