Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसमाथि थप प्रतिबन्ध लगाउन राष्ट्रपति जेलेन्स्कीको आह्वान, तेल आयात नगर्न अनुरोध

बिहीबार, मंसिर ८, २०७९

किभ - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।

रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए । 

यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:००
प्रतिक्रिया दिनुहोस्