सर्जियो र ह्यारी चम्किँदा टोटनहमको सानदार जित
काठमाडौं - सोमबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटनहमले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा टोटनहमले एभर्टनलाई ५-० गोलले पराजित गरेको हो ।
उक्त खेलमा कप्तान ह्यारी केनले दुई गोल गरे । खेलको १४औँ मिनेटमा एभर्टनका माइकल किनले आफ्नै पोष्टमा गोल हाने ।
त्यसपछि त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे । ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले अग्रता तेब्बर बनायो ।
खेलको १४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो । त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे । ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३-० अग्रता लिएको थियो ।
त्यसपछि ४६औं मिनेटमा सर्जियो रेग्युलियले र ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे । जितसँगै टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा रहेको छ ।