युद्धका क्रममा रुसी उच्च सैन्य अधिकारीको मृत्यु भएको युक्रेनको दाबी
काठमाडौं - रुस र युक्रेनबीच अहिले युद्ध चलिरहेको छ । रुसको आक्रमणबाट युक्रेनको राजधानी किएभ लगायत धेरै स्थानमा क्षति भइसकेको छ । यसैबीच जारी युद्धका क्रममा रुसी उच्च सैन्य अधिकारीको मृत्यु भएको छ ।
युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएको बीबीसीमा जनाइएको छ । यस बिषयमा अहिले पुष्टि भने भइसकेको छैन ।
भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएको युक्रेनको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । युद्धका क्रममा अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको बताइएको छ ।
रुसविरुद्ध युद्धमा खटिएका दुई युक्रेनी सेनाले पोसाकमै गरे विवाह, विवाह सकिएलगत्तै युद्धमा जुटे
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:००
प्रतिक्रिया दिनुहोस्