नेभिगेशन
सिएन विशेष

नागार्जुनको रामकोटमा एकै परिवारका पाँचमध्ये एक मृत फेला, चार गम्भीर

काठमाडौं – काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन्।

नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति बेहोस अवस्थामा भेटिएका हुन्।

तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति मृत्यु भएको महानगरीय प्रहरीले जानकारी दिएको छ। 

यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेका थिए उनीहरुले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

उनीहरु चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको मैनालीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिएन विशेष