तालिबानले आफ्नो अत्याचारको पर्दाफास गर्ने कुनै पनि स्वतन्त्र मिडियालाई सहने छैन: विज्ञहरू
काबुल- विज्ञहरू भन्छन् कि कुनै पनि स्वतन्त्र मिडिया आउटलेटलाई जसले अफगानिस्तान र विश्वलाई आफ्नो अत्याचारको पर्दाफास गर्ने र सत्यलाई खुलासा गर्छ त्यसलाई तालिबानले सहने छैन ।
कुनै पनि स्वतन्त्र मिडिया आउटलेटहरू जसले उनीहरूको अत्याचारलाई उजागर गर्दछ र अफगानहरू र विश्वलाई सत्य प्रकट गर्दछ, त्यस प्रकारका मिडिया आउटलेटहरुलाई तालिबानले आफ्नो दुश्मनका रुपमा हेर्दछन् ।
विज्ञहरूले तालिबानले अफगानिस्तानमा मिडियालाई हेरफेर गरेको र तथ्यहरू प्रकाशन गर्न अनुमति नदिने बताए। पछिल्लो घटनामा, तालिबानले काबुल(जलालाबाद राजमार्गबाट डिजिटल मिडिया स्पेस, जाविया न्यूजको लोगो हटाएको छ।
ट्वीटरमा लेख्दै उक्त मिडिया आउटलेटले, “तालिबानले काबुल जलालाबाद राजमार्गमा रहेको जाविया मिडिया लोगो हटाएको छ भनी उल्लेख गरेको छ । मिडिया विज्ञहरूले तालिबानले आफ्नो अत्याचार र सत्यलाई उजागर गर्ने कुनै पनि स्वतन्त्र मिडिया आउटलेटलाई सहने छैन भन्ने तथ्यको प्रमाण उक्त लोगो हटाउने कार्य पनि भएको बताइएको छ ।
उक्त ट्वीटमा तालिबानले अफगानिस्तानमा मिडियामाथि हस्तक्षेप गर्दै तथ्यहरू प्रकाशन गर्न अनुमति दिँदैन भनी बताइएको छ । हालैको विवादमा, तालिबानले आफ्नो घर खोज अभियानको एक भागको रूपमा हालैका दिनहरूमा पूर्व सुरक्षा बलहरू नजिकका धेरै नागरिकहरूलाई दिकुन्डी प्रान्तमा हिरासतमा लिएका छन् र उनीहरुसंग भएका हतियारहरू फिर्ता मागेका छन्।
अफगानिस्तानको अनलाइन पोर्टल रिपोर्टरलीका अनुसार यी व्यक्तिहरूलाई घरघरमा खोजी गरेर जेलमा थुनेर यातना दिइन्छ। तालिबानले बल प्रयोग गरिरहेको छ र प्रत्यक्षदर्शीहरूले हतियार, सैन्य सवारी साधन, उपकरण र पूर्व सरकारी अधिकारीहरू खोजिरहेको बताएका छन्।
– एएनआई