Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली ढाका टोपीमा अमिताभ बच्चन, तस्बिर सामाजिक सञ्जालमा भाइरल

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - पछिल्लो समय बलिउड अभिनेता अमिताभ बच्चनको एक तस्बिर निकै भाइरल बनेको छ । फिल्म ‘उचाईं’को छायांकनको क्रममा ढाका टोपी लगाएको अमिताभको तस्बिर धेरैले रुचाएका छन् । 

तस्बिरमा अमिताभले ढाका टोपी लगाउन नौलो देखिएका छन् । यो तस्बिर अमिताभ आफैले सामाजिक सञ्जालमा शेयर गरेका छन् । 

उनको अभिनय रहेको सुरज बर्जात्यको निर्देशनमा बनेको फिल्म उचाइ को अहिले भारतको उत्तराखण्डमा छायांकन भइरहेको छ । यस फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार