Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानले रुस र बेलारुसविरुद्ध लगायो तेस्रो चरणको नाकाबन्दी

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी । जापानले रुस र बेलारुसविरुद्ध तेस्रो चरणको नाकाबन्दी गर्ने घोषणा गरेको छ ।

युक्रेनको नाजुक परिस्थितिलाई ध्यानमा राखेर मंगलबार जापनको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुस र बेलारसमाथि तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको जानकारी गराएको हो ।

जापानले लगाएको तेस्रो चरणको नाकाबन्दीसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुुटिनका संयुक्त सेनाका उपप्रमुख, संसद्का उपप्रमुख, चेचेन गणतन्त्रका प्रमुख तथा रुस सरकावरनिकट सम्बन्ध रहेका भोल्गा ग्रुप, ट्रान्सनेफ्ट र वाग्नर कम्पनीका कार्यकारिणी अधिकृतलगायत बीस रुसीमाथि व्यक्तिगत नाकाबन्दी लगाइएको छ ।

त्यसैगरी, थप दुई रुसी र बाह्र बेलारुसी संघ संस्था र दुई बेलारुसी नागरिकमाथि पनि नाकाबन्दी लगाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२७
प्रतिक्रिया दिनुहोस्