Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा हुने ‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ जुलाईमा

बुधबार, मंसिर ७, २०७९

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण जुलाई ३ मा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आयोजना हुने भएको छ। मंगलवार काठमाडौैंमा एक कार्यक्रमको आयोजना गरी आयोजकहरूले जानकारी दिएका हुन्। 

कार्यक्रम नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए)ले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । कार्यक्रम एटिए एभरेष्ट इन्स्यूरेन्सले प्रायोजन गर्न लागेकोले महोत्सवको नाम नै ‘एटिए एभरेष्ट इन्स्यूरेन्स पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ राखिएको छ। 

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार समारोहमा नेपाली चलचित्र र चलचित्रकर्मीलाई सम्मान, अमेरिकामा रहेका चलचित्रकर्मीलाई प्रोत्साहन तथा सम्मान र भुटानी कलाकर्मीलाई सम्मान गरिनेछ। कार्यक्रममा भुट्निज नेपाली चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने छ।

अमेरिकामा अवार्ड आयोजना गर्नुको मूल उद्धेश्य नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु हो, अध्यक्ष मल्लले भने । उनले अगाडि भने, ुहामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं ।’

अवार्डमा नेपाली चलचित्र र चलचित्रकर्मीलाई सम्मान, अमेरिकामा रहेका चलचित्रकर्मीलाई प्रोत्साहन तथा सम्मान, भुटानी कलाकर्मीलाई सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन् ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ कोरोनाका कारण सन् २०२० र २०२१ मा भने आयोजना हुन सकेको थिएन ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार