Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसविरुद्ध जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्छौं, आत्मसमर्पण गर्दैनौं - जेलेन्स्की 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - रुस र युक्रेनबीच अहिले युद्ध जारी छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइ आफूहरुले नछोड्ने बताएका छन् । 

जेलेन्स्कीले बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्नेक्रममा सो कुरा गरेका हुन् । उनले आफूहरुले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताए । 

उनले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता समेत जनाए । उनले रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको बताP । 
 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५६
प्रतिक्रिया दिनुहोस्