Nic Ad Nic Ad
Nic Ad Nic Ad

२० लाख भन्दाबढी युक्रेनी शरण खोज्दै विदेशी भूमिमा पुगे  

बिहीबार, मंसिर ८, २०७९

न्युयोर्क, २५ फागुन-२४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानाकारी दिएको हो ।राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २ लाख ११ हजार ३१२ मानिसहरु  देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

यूएनएचसीआर प्रमुख फिलिप्पो ग्रान्डीले यसलाई ‘स्तब्ध बनाउने माइलस्टोन ’भनेका छन् । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उनले भने । पाशविक युद्धका कारण परिबारहरु निराश र अकल्पनीय पीडामा डुबेको उनले बताएका छन् ।रूसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरू र राष्ट्र संघले अनुमान गरेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५६
प्रतिक्रिया दिनुहोस्