Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिब्यदेवका लागि ‘चिसो एष्ट्रे’ यसरी भयो लक्की चार्म

बुधबार, मंसिर ७, २०७९

चैत्र ४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘चिसो एष्ट्रे’लाई लिएर कलाकार दिब्यदेव उत्साहित छन् । उत्साहित हुनुका धेरै कारण होलान, प्रमुख कारण भने यो चलचित्र उनको लागि लक्की चार्म रहेछ ।

यही चलचित्रमा आबद्ध भएपछि उनले थुप्रै सफल नाटकमा काम पाए । उनलाई फाइन आर्टिष्टका रुपमा चिनाएको चलचित्र ‘रुदाने’मा काम पाए । भलै ‘रुदाने’ पनि रिलिज हुन बाँकी नै छ । यद्यपी यसको टिजरले नै उनलाई चर्चामा ल्यायो ।

त्यसो त ‘चिसो एष्ट्रे’को ट्रेलरले निकै तारिफ बटुलिरहेको छ । ट्रेलरकै कारण चलचित्र प्रतिक्षित बनेको छ । दिन्स पाल्पाली निर्देशित चलचित्र बाट दिब्यले जसले अपेक्षा राखेका छन् त्यस्तै अपेक्षा दर्शकले उनीबाट पनि राखेका छन् ।

कबी भूपी शेरचनको कबितामा आधारित छ यो चलचित्र । निर्देशकका अनुसार चलचित्रले मित्रताको कथा भन्छ । अनि काठमाडौंलाई हेर्ने फरक दृष्टिकोण स्थापित गर्छ । चलचित्रमा दिब्यदेब सहजै अनुबन्धित भएका भने होइनन् । निर्देशकले लामो समय उनलाई अब्जर्ब गरेर लिएका रहेछन् ।

दिब्यदेवले नाटकबाट आफ्नो अभिनय यात्रा शुरु गरेका हुन् । बढी मात्रमा अंग्रेजी भाषाका नाटकमा काम गरेका कारण उनी थियटरका रेगुलर नेपाली दर्शकमाझ पनि खासै नोटिस हुन सकेका थिएनन् । यद्यपी नाट्य क्षेत्रमा उनको चर्चा र सफलता नयाँ होइन । ‘ह्यामलेट’, ‘लुक ब्याक एंगर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेक्स्ट इयर’लगायतका नाटकले उनलाई थियटरमा सफल साबित गर्‍यो ।

सन् २०१४ को चलचित्र ‘आवरण’बाट उनले ठुलो पर्दामा डेब्यु गरे । तर, पहिलो चलचित्र बक्स अफिसमा फ्लप भयो, न त दिब्यले नै अमिट छाप छाड्न सके । २०१९ मा चलचित्र ‘हिजो आजका कुरा’मा काम गरे । यो चलचित्र कोरोनाका कारण रिलिज हुन सकिरहेको छैन ।

दिब्यले नाटक गर्ने समयमै निर्देशक दिन्स पाल्पालीसँग भेट भएको थियो । तर, उनले लामो समय सम्म दिब्यलाई अब्जर्ब गरे । दिब्यका नाटक हेरे, तस्विर हेरे कहिले क्यारेक्टरमा फिट हुन्छ जस्तो कहिले हुँदैन जस्तो लाग्थ्यो । तर, एउटा बिन्दुमा पुगेपछि उनले मदनको क्यारेक्टरमा दिब्य बाहेक अरु सोच्न सकेनन् । यता दिब्यको कुरा पनि उस्तै छ । यो चलचित्रको शुरु देखिनै जोडिएका दिब्यले चलचित्रको पुरा प्रोसेसिङलाई नजिक बाट बुझ्न पाए । त्यो समय सम्म आफुलाई कुन राम्रो, कुन नराम्रो प्रोजेक्ट भनेर छुट्याउन नै मुश्किल हुन्थ्यो रे । तर, यो चलचित्र पछि परिपक्क निर्णय लिन थाले । फलतः उनी यो चलचित्रलाई आफ्नो लक्की चार्म पनि मान्छन् । किनकी यही चलचित्रपछि ‘रुदाने’मा काम गरेए, उनकै शब्दमा भन्दा थियटरमा पनि राम्रा–राम्रा नाटकमा काम गर्न पाए ।

चलचित्रलाई उत्कृष्ट बनाउन टिमले गरेको मेहनत सम्झदा इमोशनल भएका यि अभिनेता ‘चिसो एष्ट्रे’बाट निकै आशाबादी देखिए । चैत्र ४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले ब्यवसायिक रुपमा के कस्तो गर्ला त्यसको आँकलन गरिसकेका छैनन् । तर, उनी ढुक्कसँग भन्छन् नेपाली चलचित्रले एउटा उत्कृष्ट निर्देशक पाउँछ – दिन्स पाल्पाली ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार