सरकारी वकिल कार्यालय कावासोतीमा पलको बयान
एक नाबालिगलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई बयानका लागि नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ । अहिले शाहको बयान चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यलय तनहुाको हिरासतमा रहेका शाहलाई मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो ।
तनहुँमा जाहेरी दिएकी नाबालिगले नै गैंडाकोटको एक रिसोर्टमा पनि शाहले करणी गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा उजुरी दिएकी थिइन । उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट गैंडाकोट लगिएको थियो । बयान सकेसँगै पललाई ईलाका प्रहरी कार्यालय गैंडाकोटमै लगिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५१
प्रतिक्रिया दिनुहोस्