Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्सेमा ३० अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ – बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४।६५ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अङ्कले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ । 

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको छ । 

सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो । एक सय ९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्