बेन्जेमाको ह्याट्रिकमा रियलको जित, पीएसजी बाहिरियो
काठमाडौं - बुधबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-१ गोलले पराजित गरेको हो । उक्त खेलमा फ्रेन्च फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक पुरा रे । बेन्जेमाले दोस्रो हाफमा १७ मिनेटको अन्तरालमा ह्याट्रिक पुरा गरेका थिए ।
खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गरी पीएसजीलाई अग्रता दिलाए। त्यसपछि खेलको ६१ औं मिनेटमा बेन्जेमाले गोल गरी बराबरीमा पुर्याए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा बेन्जेमाले गोल गरे । त्यसपछि तुरुन्तै फेरि अर्को गोल गरी ह्याट्रिक पुरा गरे । जितसँगै रियल क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५०
प्रतिक्रिया दिनुहोस्