Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्ति डेभिडको मृत्यु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ ।

अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो ।

अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको जानकारी दिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ( केही दिनयता उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएको थियो । तर अन्तिम घण्टासम्म पनि आफ्ना परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । उनलाई निको हुँदैन भन्ने जान्दाजान्दै पनि उनको उपचार जारी राखिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार