Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलाकार पल्पसा डंगोलको मृगौला प्रत्यारोपण सफल

बिहीबार, मंसिर ८, २०७९

कलाकार पल्पसा डंगोलको मृगौला प्रत्यारोपण सफल भएको छ । बुधबार शिक्षण अस्पताल माहाराजगन्जमा उनको मृगौला प्रत्यारोपण गरिएको हो ।

पल्पसालाई उनका भाई अजु डंगोलले मृगौला दिएका हुन् । नेपालको कानुन अनुसार मृगौला प्रत्यरोपणका लागि नजिकका आफन्त हुनुपर्ने ब्यवस्था छ ।

मृगौला प्रत्यारोपणका लागि करिब ५ घण्टा लामो सल्याक्रिया गरिएको थियो । प्राध्यापक डा दिव्या सिंहको नेतृत्वमा प्रा डा उत्तम कुमार श्रेष्ठ, प्रा डा प्रेम ज्ञवाली, प्रा डा महेशराज सिग्देल, प्रा डा पवन बस्याल, प्रा डा भोजराज लुईटेललगायतको टिमले पल्पसाको मृगौला प्रत्यारोपण गरेको हो ।

उपचारमा संलग्न डाक्टर अनुसार पल्पसालाई हप्ता दिन सम्म आई सि युमा राखिनेछ भने भाई अजुलाई पनि डाक्टरको प्रत्यक्ष निगरानीमा ४ दिन अस्पतालमै राखिने छ ।

पल्पसाको उपचारका बसुन्धरा भुषालको संयोजकत्वमा रहेको चलचित्र बिकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले दुईलाख सहयोग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५७
प्रतिक्रिया दिनुहोस्