Nic Ad Nic Ad
Nic Ad Nic Ad

म लुकेको छैन, डराएको पनि छैनः युक्रेनी राष्ट्रपति जेलेन्स्की

बिहीबार, मंसिर ८, २०७९

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले कुनै हालतमा पनि आफू राजधानी किभ छाडेर नजाने प्रतिज्ञा गरेका छन् । यति मात्र नभएर उनले रुसी राष्ट्रपति पुटिनलाई चुनौति दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् ।

सामाजिक संजालमा यसबारे पोस्ट गर्दै उनले लेखेका छन्, “म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन म कसैसँग डराएको छैन ।”

बन्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालयहरु भएको ठाउँ हो । यसमा उनको क्यामराले राष्ट्रपति कार्यालय अगाडिको सडक पारि देखाइरहेको थियो ।

यसका साथै उनले रुसलाई अहिले नै नरोक्ने हो भने नेटोका अन्य सदस्य राष्ट्रहरुको पनि यस्तै हालत हुने चेतावनी समेत दिएका छन् ।

एबीसी न्युजसँग बोल्दै उनले भनेका, “पहिलो शिकार हामी भयौँ अब दोस्रो तपाईँहरु जोकोही पनि हुन सक्नुहुन्छ । किनकी राक्षसले जति धेरै खायो उसलाई झन् झन् बढी चाहिनेछ । ”

यसरी युद्ध सुरु भएदेखि एकै हप्तामा तीनपटक हत्याको प्रयासबाट बचेका जेलेन्स्कीले अझै पनि किभ नछाड्ने अडान कायम राखेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार