एनटिआर र रामचरणको ‘आरआरआर’ को तेलुगुमा किन आलियाको आवाज राखिएन ?
काठमाडौं - ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ प्रदर्शनको क्रममा रहेको छ । भारतको स्वतन्त्रताको कथा देखाइएको यस फिल्मको पर्खाइमा धेरै दर्शकहरु रहेका छन् ।
फिल्म आरआरआर मा एनटिआर र रामचरणसँगै अजय देवगन, आलिया भट्ट, ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ । महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई धेरै दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
यस फिल्ममा तेलुगु भर्सनमा आलियाको आवाज नरहेको बताइएको छ । फिल्मको तेलुगु भर्सनमा आलियाका आवाज राख्न चाहे पनि राम्रो नसुनिएपछि नराखिएको भारतिय मिडियाका जनाइएको छ ।
भाषा सिकाउन प्रशिक्षक राखे पनि सम्भव नभएपछि अरुकै आवाज राखिएको हो । यो कुरा आलियाले नै खुलाएकी छिन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:२३
प्रतिक्रिया दिनुहोस्