Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसी सैनिक किभतर्फ अघि बढे

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी - रुसी सैनिकहरु युक्रेनको राजधानी किभतर्फ अघि बढेको देखिएको छ । 

राजधानी किभतर्फ करिब ५ किलोमिटर अघि बढेको अमेरिकी सुरक्षा अधिकारीले बताएका छन् ।

उत्तर पश्चिमबाट रुसी सैनिक किभको सिटी सेन्टरबाट करिब १५ किलोमिटरको दूरीमा रहेका छन् । 

भूउपग्रह तस्वीरमा समेत रुसी सेनाको एउटा लस्कर राजधानी नजिक तैनाथ भइरहेको देखिएको छ । 

रुसले युक्रेनमा गएको फेब्रुअरी २४ मा आक्रमण थालेयता ७७५ मिसाइल प्रहार गरेको पनि अमेरिकी अधिकारीले उल्लेख गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४२
प्रतिक्रिया दिनुहोस्