Nic Ad Nic Ad
Nic Ad Nic Ad

मानव सुबेदीको ‘बादलहरु’मा बत्तिको कथा

बिहीबार, मंसिर ८, २०७९

‘बादलहरु’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक उक्त भिडियोले बत्तिको कथा भनेको छ । राज के गोस्वामीको स्वर रहेको गीतमा सुरक्षा पन्तको शब्द र मानव सुबेदीको संगीत रहेको छ । 

नेपाली टचको प्रस्तुति रहेको भिडियोको निर्देशन मानव सुबेदीले गरेका हुन् । भिडियोमा सुरक्षा पन्त, राज के गोस्वामी, घनु जोशी लगायत कलाकारको अभिनय रहेको छ। सुशील सपाकोटाको छायाँकन रहेको भिडियोको निर्देशक सुबेदीकै सम्पादन रहेको छ ।

कार्यक्रममा कुलमान घिसिङ्ग, राजेश हमाल, राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवान लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०१
प्रतिक्रिया दिनुहोस्