श्रीलंका-११ विरुद्ध नेपालले बलिङ गर्ने
काठमाडौं - अभ्यास खेलको लागि श्रीलंकाविरुद्ध नेपालले बलिङ गर्ने भएको छ । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज श्रीलंका राष्ट्रिय टिमसँग खेल्न लागेको हो ।
आज हुने खेलमा श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको हो । यसअघि नेपालले तीन अभ्यास खेलमा जित निकालिसकेको छ । खेल सकिएपछि नेपाली टोली १४ मार्चमा नेपाल फर्कनेछ ।
नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनीसँग खेल्नेछ । नेपालको टिममा कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल र आरिफ शेख रहेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १६:०१
प्रतिक्रिया दिनुहोस्