Nic Ad Nic Ad
Nic Ad Nic Ad

'कमेडी क्लब विथ च्याम्पियन' को अध्यक्षमा दिपाश्री, कमेडी च्याम्पियनका यी कलाकार पनि हुने  

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला कमेडी क्लब विथ च्याम्पियन’ को अध्यक्ष बनेकी छिन् । 

नेपाल टेलिभिजनमा प्रसारण हुने तयारीमा रहेको यस कार्यक्रममाको लगि दिपाश्रीले कि इन्टरटेन्मेन्टसंग सम्झौता पनि गरिसकेकी छिन् । यो कार्यक्रम अब हरेक सोमबार बेलुकी ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनमा प्रसारण हुनेछ । यस शो मा इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त प्रस्तुति रहेको छ। 

विशाल भण्डारीको निर्देशन रहेको यस कार्यक्रममा कमेडी च्याम्पियनबाट चर्चामा आएका मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, पवन भट्टराई, सुमन कार्की, कैलाश कार्की रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्