मधुमेहका रोगीलाई यस्ता छन् भान्साका औषधी
शारीरिक परिश्रम नगर्ने, मीठोमीठो खाने (गुलियो, चिल्लो, पीरो, अमिलो आदि मद्यपान, धुम्रपान, कुपाच्य भोजन बढी खाने) मानसिक चिन्ता गर्ने, दिउँसो सुत्ने र बसिरहने मोटो व्यक्तिलाई यसले आक्रमण गर्दछ ।
उपचार
१. अमला पिसेर अमलाको रस पिउने ।
२. असुराको पात पकाएर रस पिउने ।
३. दत्तीउन (अपमार्गको धुलो खाने) ।
४. डुम्रीको गेडाको धुलो खाने) ।
५. केराको गुभो पकाएको रस पिउने ।
६. मेथी अंकुराएर खाने ।
७. घिउकुमारीको भित्री भाग चपाउने ।
८. करेला र अमलाको एक–एक ग्लास रस खाली पेटमा खाने ।
९. जामुनाको गेडा बियाँ सहित र बोक्राको रस २०० ग्राम जति २ पटक सेवन गर्ने ।
१०. तीतो र टर्राे खालका तरकारी र साग सब्जी र सलाद ।
११. गहुँका जमराको जुस खाली पेटमा बिहान बेलुका १÷१ गिलास पिउने ।
१२. त्रिफलाचूर्ण चिसो पानीमा बेलुका, चिया चम्चाको एक चम्चा खाने ।
साभार ः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट