भारतमा थप ३ हजार जनामा कोरोना संक्रमण, ८८ जनाको मृत्यु
काठमाडौँ – भारतमा ३ हजार २०० जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड २९ लाख ८७ हजार ४६१ पुगेको छ।
तीमध्ये हालसम्म ४ करोड २४ लाख २६ हजार ३२८ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ८८ जना संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ५ लाख १५ हजार ८३३ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:४३
प्रतिक्रिया दिनुहोस्