हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं - आइतबारका लागि नेपाली बजारमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २५पैसा बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४५ पैसा र बिक्री दर ८९ रुपैयाँ ८९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १६ पैसा छ ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ १३ पैसा र बिक्री दर १३४ रुपैयाँ ७९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:१२
प्रतिक्रिया दिनुहोस्