नेभिगेशन
सिएन विशेष

नेप्से परिसूचक १०१.०७ अंकले बढ्यो

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर दुई हजार ६६७.९७ मा पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ३.९४ प्रतिशत बराबरको वृद्धि भएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अङ्कले उकालो लागेर ५०९.९० मा पुगेको छ ।  

नेप्सेमा उच्च अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्यमात्रामा वृद्धि भएन । कूल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर रु चार अर्ब ८७ करोड सात लाख १५ हजार ३८७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ ५४.७१, व्यापार ११३, होटल तथा पर्यटन १५८.६९, विकास बैंक २१०.५६, जलविद्युत् ७५.६५, वित्त १०७.०१, निर्जीवन बीमा ५६७।८७, उत्पादन ३०८.०६, अन्य ८६.६२, लघुवित्त १६३.७८, जीवन बीमा ९२२.१६, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.८१ अङ्कले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ८० अर्ब ७७ करोड १२ लाख ९२ हजार ८६९ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड ३६ लाख ५० हजार ९५४ बराबरको कारोबार भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिएन विशेष