रुस र युक्रेनबीच चौथो चरणको शान्ति वार्ता हुँदै
काठमाडौं - रुस र युक्रेनबीच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ । रुस र युक्रेनबी वार्ता हुने बारे युक्रेनी राष्ट्रपतिका सहयोगीले जानकारी गराएका छन् ।
उनले ट्विटरमार्फत चौथो चरणको वार्ता भर्चुअल माध्यमबाट हुने बताएका छन् । यसअघि भएका रुस र युक्रेनबीचको वार्तामा मानवीय सहयोगमा विषयलाई मात्र जोड दिइएको थियो । यस्तै नागरिकहरुलाई लडाइँबाट बचाउने उपायबारे छलफल भएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तालाई जोड दिँदै आएका छन् । यसअघि तेस्रो चरणको वार्ता टर्कीको एउटा सहरमा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:३८
प्रतिक्रिया दिनुहोस्