Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्रान्समा राष्ट्रपतिका उम्मेदवारमाथि ७० वर्षीय बृद्धले गरे अन्डा प्रहार

बिहीबार, मंसिर ८, २०७९

पेरिस। फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिक जेम्मोरमाथि शनिबार एक पेन्सेनरले काँचो अण्डाले हमला गरेका छन् ।

दक्षिणी फ्रान्समा ७० वर्षीय बृद्धले दक्षिणपन्थी नेता जेम्मोरको टाउकोमा अण्डाले हानेका हुन् । असक्त बालबालिकाबारे जेम्मोरको टिप्पणीपछि क्रुद्ध बनेका ती बृद्धले उनको टाउकोमा अण्डा फुटाएका हुन् । पेसाले किसान ती बृद्धाका छोरा अटिजमबाट पीडित छन् ।

जेम्मोरले दुई महिनाअघि अशक्त बालबालिकालाई विद्यालयमा अलग्गै पढाउन आह्वान गरेर समावेशी प्रयत्नहरुविरुद्ध बोलेका थिए । 

जेम्मोरको समूहले सो विषयबारे प्रहरीलाई रिपोर्ट गर्न नहुने बताएको सार्वजनिक अभियोजनकर्ताको कार्यलयले जनाएको छ । फ्रान्समा १० र २४ अप्रिलमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:३७
प्रतिक्रिया दिनुहोस्