'पुष्पा' बनाउनुअघि यस्तो योजनामा थिए निर्देशक, सिक्वेलमा अल्लूको भूमिका यस्तो रहने
काठमाडौं - साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा धमाका नै मच्चायो । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बर र अल्लू अर्जुनको अभिनय पनि दर्शकले निकै रुचाए ।
धेरैले सामाजिक सञ्जाल टिकटकमा अभिनय गरेर पनि पोष्ट गरे । अब भने दर्शक यस फिल्मको सिक्वेलको पर्खाइमा छन् । फिल्मको सफलतापछि निर्माताहरु पनि यसको सिक्वेलको तयारीमा जुटेका छन् ।
फिल्मका निर्माताहरु स्क्रिप्टमा केही परिवर्तन गर्ने कोशिस गरिरहेको भारतिय मिडियाका जनाइएको छ । उनीहरुले उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्नका लागि निर्माताले स्क्रिप्ट परिवर्तन गर्ने बताइरहेका छन् ।
निर्देशक सुकुमार पहिला ‘पुष्पा’लाई दुई भागमा बनाउने योजनामा थिए । तर पछि ‘पुष्पाः द राइज’ र ‘पुष्पाः द रुल’को रुपमा प्रस्तुत गर्न स्क्रिप्टमा धेरै नै परिवर्तन गरे । उनले सिक्वेलको कथामा केही ट्वीस्ट ल्याउन खोजिरहेका छन् । अल्लुको पनि रोमान्चक अभिनय रहने बताइएको छ । अल्लु अबको भागमा एक झगडालु व्यक्तिमा देखिने बताइएको छ ।