भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर र मृत्यु दर घटिरहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २९ लाख ९५ हजार ५ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ९८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ५ जना पुगेको छ ।
यस्तै भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड २४ लाख ४१ हजार ४ सय ४९ पुगेको छ । सक्रिय संक्रमित ३८हजार १ सय ६ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५९
प्रतिक्रिया दिनुहोस्