Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसी क्षेप्यास्त्रमा पहिचान हुन नसकेको नयाँ उपकरण, राडार पनि फेल खाँदै 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – रुसले युक्रेनमा प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रहरुमा यसअघि थाहा नभएका छद्म साधन जडान गरिएको पाइएको छ । 

अमेरिकी अधिकारीहरुले रुसी क्षेप्यास्त्रमा पहिला थाहा नभएको साधन प्रयोग भएकाले बीचमै रोक्न नसकिने भएको जनाएको न्यूयोर्क टाइम्सलाई जनाएका छन् ।

अमेरिकी एक अधिकारीलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले छोटो दूरीको इस्कान्डर–एम ब्यालेस्टिक क्षेप्यास्त्रमा जडित एक फुट लामो साधनमा रेडियो संकेत उत्पन्न गराउने विशेष उपकरण जडान भएकाले क्षेप्यास्त्रलाई राडारले पत्ता लगाउन नसक्ने उल्लेख गरेको छ । 

सन् १९७० को दशकदेखि नै पारमाणविक युद्धशीर्षमा भेदन प्रक्रियामा सहयोग गर्ने त्यस प्रकारको साधन प्रयोग हुँदै आएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

सामाजिक सञ्जालमा समेत अस्त्रविज्ञहरुले पहिचान गर्न नसकिएका त्यस्ता साधनका तस्वीरहरु पोस्ट गरेका छन् । 

फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थाले यता रुसी सेनाले ९ सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ ।    

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:००
प्रतिक्रिया दिनुहोस्