आफ्नो बायोपिकमा छोरा टाइगरलाई हेर्ने जेकीको इच्छा
काठमाडौं । बलिउडमा अभिनेता जेकी श्राफ र उनका छोरा टाइगर श्राफको निकै चर्चा भइरहने गर्छ । बलिउडमा धेरै फिल्ममार्फत आफूलाई धेरै दर्शकमाझ चिनाउन सफल भएका जेकीले आफ्नो एक इच्छा बताएका छन् ।
जेकीको जीवनलाई हेर्ने हो भने उनको जीवन एक बायोपिक कथाजस्तै छ । जेकीले आफ्नो बायोपिकको विषयमा पनि एक अन्तवार्तामा कुरा गरेका छन् । उनले आफ्नो बायोपिकको नाम ‘भिडु, जग्गु’ हुने बताए ।
यस्तै उनले उक्त बायोपिकमा हिरोको रुपमा आफ्ना छोरा टाइगरलाई हेर्ने इच्छा रहेको बताए । उनले भने - 'यदि मेरो नाम लिनुपर्छ भने त्यो भिडु नै हुनेछ । तर मलाई थाहा छैन मलाई किन यो नामले बोलाउँछन्'
उनले आफ्नो फिल्म ‘हिरो’को रिमेक बनोस् भन्ने चाहन्छन् । यो रिमेकमा पनि जेकी छोरा टाइगरलाई नै हेर्न चाहन्छन् । सन् १९८२ मा फिल्म ‘स्वामी दादा’बाट बलिउडमा करियर सुरु गरेका उनले हिन्दीबाहेक तमिल, तेलुगू, मलयालम, बंगाली, पंजाबी, भोजपुरी, गुजराती, कोंकणी, उडिया, कन्नड र मराठी फिल्ममा काम गरिसकेका छन् ।