Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ तालमा छायाँकन गरिएको ‘जुनी जुनी’ सार्वजनिक

बिहीबार, मंसिर ८, २०७९

वल्र्ड रेकर्डका लागि १४ तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ ।

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रकेको गीतमा उनकै स्वर र संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा पनि उनी आफैले अभिनय गरेका छन् । उपाध्यायलाई गायनमा अनु चौधरीले साथ दिएकी छन् भने अभिनयमा मोडल नम्रता अर्यालले ।

उपाध्यायकै निर्देशन रहेको गीत फेवाताल, रुपाताल, टौदह, कमलताल, २० हजारिया ताल, मैदीताल लगायतका १४ तालमा छायाँकन गरिएको हो । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०७
प्रतिक्रिया दिनुहोस्