पल शाहलाई फेरि तनहुँ ल्याइयो, अब के हुन्छ ?
काठमाडौं - नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता तथा मोडल पल शाहलाई फेरि तनहुँ लगिएको छ । अनुसन्धानका लागि नवलपुर पुर्याइएका पललाई फेरि मंगलबार तनहुँ नै लगिएको हो ।
नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई तनहुँ नै लगिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले भने अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि करणी गरेको भन्दै उजुरी परेपछि पल प्रहरीको हिरासतमा नै छन् । प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए ।
पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो । यस घटनामा जोडिएका पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२७
प्रतिक्रिया दिनुहोस्