Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभर बढ्यो गर्मी, चार प्रदेशमा वर्षाको सम्भावना

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – पछिल्लो केही दिनयता देशभर ह्वात्तै गर्मी बढेर गएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम बढ्ने क्रममा रहेको जनाएको छ । साथै महाशाखाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ सेल्सियस पुगेको थियो । सबैभन्दा बढी तापक्रम धरानमा पुगेको छ । धरानमा मंगलबार अधिकतम तापक्रम ३५.७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै धनगढीमा ३३.४ डिग्री, नेपालगञ्जमा ३३ डिग्री, भैरहवामा ३३.४ डिग्री, सिमरामा ३३. २ डिग्री, विराटनगरमा ३३.८ डिग्री, जनकपुरमा ३३.५ डिग्री अधिकतम तापक्रम मापन भएको छ ।

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको महाशाखाले जनाएको छ । पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

आज अपराह्नतिर प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सफा रहने छ । यस्तै, भोलि (बिहीबार) देशभर मौसम सफा रहने छ भने शुक्रबार पहाडी भू–भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२८
प्रतिक्रिया दिनुहोस्