Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोस्रो विवाहको तयारीमा लागिन् अभिनेत्री कनिका कपुर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनले गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्ने भएकी हुन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरु छुट्टिएका थिए । कनिका र गौतम विगत एक वर्षयता डेटमा रहेका छन् । उनीहरुले यही मेमा लण्डनमा विवाह गर्ने बताइएको छ । यद्यपि कनिकाले विवाहको खबरलाई अस्वीकार गरेकी छन् । यो जोडीको पहिलो भेट लण्डनको कुनै एक कन्सर्टमा भएको अनुमान लगाइएको छ ।कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:४९
प्रतिक्रिया दिनुहोस्